Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

छात्रवृत्ति आवेदक विद्यार्थीहरुको अन्तरवार्ता

News & Events Image

Published by: admin

2024-02-02

आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तेश्रो र चौथो वर्ष र कक्षा ११/१२ को छात्रवृत्ति आवेदक विद्यार्थीहरुको अन्तरवार्ता शुक्रवार सम्पन्न भएको छ । क्याम्पसले  जेहेन्दार, न्यून आय भएका, दलित, जनजाती, अपाङ्ग र द्वन्द्व पिडित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। क्याम्पसले गत वर्ष ३१ लाख रकम छात्रवृत्ति वितरण गरेको थियो। क्याम्पस विधानले छात्रवृति वितरणको आधार तयार पार्ने, छात्रवृत्ति पाउने विद्यार्थीहरूको छनौट र सिफारिस गर्ने काम गर्न लागी क्याम्पसमा सञ्चालक समितिका उपाध्यक्षको अध्यक्षतामा छात्रवृत्ति छनोट तथा सिफारिस समितिको व्यवस्था गरेको छ। समितिमा क्याम्पस सञ्चालक समिति, छात्रवित्ति कोषका संस्थापक, स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पसमा गठन भएका विभागहरूको प्रतिनिधित्व रहने व्यवस्था छ । उक्त समितिको सिफारिसमा क्याम्पसमा सञ्चालक समितिको बैठकको निर्णय पछि छात्रवृत्ति वितरण हुने गर्दछ। आजै क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष खरसिं दरैको अध्यक्षतामा बसेको छात्रवृत्ति छनौट तथा सिफारिस समिति बैठकले स्नातक तहमा विए विएड र विविएस तेश्रो र चौथो बर्षको छात्रावृत्ति आवेदकको अन्तरवार्ताको आधारमा छात्रवृत्रि पाउने ७१ जना विद्यार्थीहरुको छनौट गरि २,८७,४००/- नगद रकम को छात्रवृत्ति वितरण गर्न सिफारिस गरेको छ।