Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

भारतको उच्च शैक्षिक संस्थाहरूको भ्रमण

News & Events Image

Published by: admin

2024-01-17

आज देखि आदिकवि भानुभक्त क्याम्पसको सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्ष, सदस्यहरू, क्याम्पस प्रमुख सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापकहरू, विद्यार्थी एवं कर्मचारी प्रतिनिधिहरू संलग्न ३५ जनाको एक टोली भारतको उच्च शैक्षिक संस्थाहरूको निमन्त्रणामा सप्ताह ब्यापी शैक्षिक भ्रमणमा निस्कदै छ । भ्रमण माघको ३ गतेबाट ९ गतेसम्म हुनेछ । टोलीले भारतको राजधानी नयाँ दिल्लीस्थित चौवाललाल नेहरु विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन केन्द्रमा एक उच्च शिक्षाको समसामयिक अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम सहभागी हुनेछ । उक्त भ्रमण टोलीले इन्दिरा गान्धी खुला विश्वविद्यालय भ्रमण गर्नेछ। टोलीको नयाँ दिल्ली स्थित भारतका लागि नेपाली राजदूतावासमा पनि भेटघाट र छलफलको कार्यक्रम रहेको छ । नयाँ दिल्लीको छेवैमा रहेको नोएडा सहरमा अवस्थित  ईग्नोट म्यानेजमेन्ट स्टडि (GIMS), नोएडासंग पनि अन्तरक्रिया र अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी उक्त टोलीको मध्यप्रदेश स्थित ग्वालियर सहरमा रहेको प्रसिद्ध आइटीएम विश्वविद्यालयसँग, विद्यार्थी प्राध्यापक आदान प्रदान, सांस्कृतिक, खेलकुद र शोध तथा अनुसन्धानका  संयुक्त प्रोजेक्ट सञ्चालन जस्ता क्षेत्रमा सहकार्यको सम्झौता गर्ने कार्यक्रम रहेको छ।