Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

दान सहायता रकमबाट क्याम्पसमा छात्रवृत्ति अक्षय कोष

News & Events Image

Published by: admin

2024-02-04

आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन विषय अध्ययन गर्दै आएका विद्यार्थीहरूको साझा संस्था व्यवस्थापन विद्यार्थी सर्कलले विभिन्न तवरवाट संकलन गरेको दान सहायता रकमबाट क्याम्पसमा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने उद्देश्य लिएर आज क्लबका अध्यक्षको नेतृत्वममा सर्कलको पदाधिकारी सदस्यको प्रतिनिधि मण्डलले क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई कार्यकक्षमा भेटेर रु ७३ हजारको बैंक चेक हस्तान्तरण गरेका छन् । क्याम्पस कोषबाट रकम थप गरी उक्त कोषलाई रु १ लाख पुर्याउने निर्णय भएको छ। उक्त रकमको ब्याजबाट व्यवस्थापन विषय अध्ययन गर्ने आर्थिक रुपमा गर्न कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ ।