Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

बालदिवसको अवसरमा अन्तरकक्ष वक्तृत्वकला प्रतियोगिता

News & Events Image

Published by: admin

2023-09-15

आज २०८० भदौ २९ गते बालदिवसको अवसरमा आदिकवि भानुभक्त माध्यामिक विद्यालयको आयोजनामा अन्तरकक्ष वक्तृत्वकला प्रतियोगिता आदिकवि भानुभक्त क्याम्पसको सभाकक्षमा सम्पन्न भएको थियो । प्रथम हुने  मनिता थापा (कक्षा ११ अंग्रेजी), दोश्रो पुरस्कार पाउने प्राश्ना खवास (कक्षा १२ विज्ञान), तेश्रो पुरस्कार पाउने सजिना खनाल ( कक्षा ११ कानुन  ) र शुष्मा दरै ( कक्षा ११ ब्यावस्थापन) र सान्त्वना पुरस्कार पाउने  दिना दरै ( कक्षा ११ ब्यावस्थापन) लाई विद्यालयका अध्यक्ष एवं प्रमुख अतिथि ऋषिराम ढुंगाना, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख रामकुमार अधिकारी र विद्यालयका प्रअ चिरजिवी बस्नेतले अविर र खादा लगाएर नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।  उक्त प्रतियोगिताको मुल्यांकन समितिमा संयोजक शिक्षक तिर्थ रानाभाट र सदस्यहरुमा शिक्षकहरु दिलिप पोख्रेल र मिना श्रेष्ठ रहनुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक नारायणी अधिकारीले गर्नु भएको थियो।