Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

बिबिए सातौं सेमेस्टरका संक्षिप्त अन्तरक्रियात्मक बैठक

News & Events Image

Published by: admin

2024-06-27

आज क्याम्पसमा बिबिए कार्यक्रममा सातौं सेमेस्टरका विद्यार्थीहरूसंगको संक्षिप्त अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ। आजको बैठकले आगामी २०८१.३.१५ र १६ गते क्याम्पसमा सञ्चालनमा हुने उद्यमशीलता विकास कार्यशाला गोष्ठीको तयारीका लागि विद्यार्थीहरूको कार्यविभाजन गरेको छ ।
उक्त गोष्ठी किङ्स कलेज, काठमाडौँ सँगको विज्ञ सेवा तथा प्राविधिक सहकार्यमा क्याम्पसमा आयोजना हुँदैछ। सो गोष्ठीमा आदिकवि भानुभक्त क्याम्पससँग सहकार्यको सम्झौता गरेका साथै बीबीए कार्यक्रम सञ्चालन गरेका सामुदायिक क्याम्पसहरू - सप्तगण्डकी बहुमुखी क्याम्पस, चितवन, बालकुमारी कलेज, चितवन र मध्यबिन्दु बहुमुखी क्याम्पस नवलपुर, र आदिकवि भानुभक्त क्याम्पसका गरि करिब ४० जना विद्यार्थीहरु सहभागी हुँदैछन् । कार्यक्रममा ति क्याम्पसहरूमा उद्यमशीलता विषय अध्यापन गर्ने प्राध्यापकहरूको पनि सहभागिता रहनेछ।