Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

विद्यार्थी परामर्श कार्यक्रम

News & Events Image

Published by: admin

2024-08-28

आदिकवि भानुभक्त क्याम्पस र शिव सरस्वती मा.वि. ऋषिङ-८ विचको सहकार्यमा आज २०८१.५.८ गते बिहान विद्यार्थी परामर्श कार्यक्रम आज सम्पन्न भएको छ।
उक्त परामर्श कार्यक्रम शिव सरस्वती माविमा आयोजना गरिएको थियो । सो कार्यक्रममा शिवशक्ति सरस्वती माविबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका र कक्षा १२ को पूरक परीक्षामा सहभागी हुने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो। परामर्श कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रतिनिधि गणेशकुमार श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा ऋषिङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष श्री बुद्धिमान राना आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड़खले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, क्याम्पसका लेखा अधिकृत श्री विष्णुप्रसाद रिजाल, , विद्यालयका सहायक प्रधानाध्यापक डिल कुमार श्रेष्ठ विद्यालयका शिक्षक प्रतिनिधि गणेशकुमार श्रेष्ठ, अंग्रेजी विषयका माध्यमिक तहका शिक्षक श्रीकान्त तिवारी समेतको उपस्थिति रहेको थियो।
कार्यक्रममा जीवनको लक्ष्य निर्धारण कसरी गर्ने, परीक्षाको तयारी कसरी गर्ने, उच्च शिक्षा अध्ययनका अवसरहरू कहाँ कहाँ रहेका छन् र ती अवसरहरू कसरी प्राप्त गर्ने, उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूले उच्च शिक्षाका विषयहरु छनौट गर्दा ध्यान दिनुपर्ने विषयवस्तुका बारेमा सहजीकरण गरिएको थियो।
कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सहायक क्याम्पस प्रमुख डाक्टर रामकुमार अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर थापाले सहजीकरण गर्नुभएको थियो।