Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

दमौली र चितवनका दुई सामुदायिक क्याम्पस बीच सहकार्यको सम्झौता सम्पन्न

News & Events Image

Published by: admin

2024-05-26

आदिकवि भानुभक्त क्यामस, ब्यास-१, तनहुँ दमौली र चितवनका दुई सामुदायिक क्याम्पस बीच सहकार्यको सम्झौता सम्पन्न (मेमोरेन्डम अफ अन्डरस्टाडिङ ) आइतबार दिउँसो सम्पन्न भएको छ । आदिकवि भानुभक्त क्याम्पससँग चितवनको बालकुमारी कलेज र सप्तगण्डकी कलेज बीच शैक्षिक तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्नेगरी भएको समझदारी पत्र हस्ताक्षर समारोह ती क्याम्पसहरूमा छुट्टाछुट्टै आयोजना भएका थिए। बालकुमार कलेज आयोजित हस्ताक्षर कार्यक्रम उक्त कलेजका सञ्चालक समितिका अध्यक्ष समाजसेवी प्रमोदकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो। दुई क्याम्पस बीचको समझदारी पत्रमा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महा प्रसाद हड्खले र बालकुमारी कलेजका तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठ र प्रिन्सिपल जगदिश्वर खनालले हस्ताक्षर गर्नु भएको थियो। सो अवसरमा कलेजका संस्थापक प्रिन्सिपल एवं नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठ र पूर्व प्रिन्सिपल कृष्ण पौडेलले कलेजको परिचय बारे बोल्नु भएको थियो। सो अवसरमा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हडखलेले क्याम्पसको परिचय, लक्ष्य र उद्देश्य बारे बताउनु भएको थियो। अवसरमा बालकुमारी कलेजका पूर्व प्रिन्सिपलहरू कृष्ण पौडेल, चुन नारायण श्रेष्ठ र सहायक क्याम्पस प्रमुख अनन्त ढुङ्गानाको उपस्थिति रहेको थियो । समारोहमा आदिकवि भानुभक्त क्याम्पसका निर्माण समितिका संयोजक क्याप्टेन सहविर उचाइ ठकुरी, सहायक क्याम्पस प्रमुखद्वय डा. रामकुमार अधिकारी र सागर पौडेल, आन्तरिक गुणस्तर सुनिश्चिता समितिका प्रमुख विशेश्वर तिमल्सेना, प्रशासकीय अधिकृत बसन्ती थापा आले मगर, लेखा अधिकृत विष्णु प्रसाद रिजाल, ई एम आई एस अफिसर इ. अनमोल प्रधान र स्ववियू सचिव अनुप आले मगरको उपस्थिति रहेको थियो।
त्यस्तै साेही प्रकृतिको अर्को कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर र आदिकवि भानुभक्त क्याम्पस बीच सहकार्यको सम्झौता (मेमोरेन्डम अफ अन्डरस्टाडिङ ) मा हस्ताक्षरकाे कार्य सम्पन्न भएकाे छ । सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुरका सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका भ्रमण टाेलीका उल्लिखित सदस्यहरु र साेही क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहाल, उपाध्यक्षद्वय रमाकान्त सापकाेटा र बालकृष्ण पाैडेल, सहायक क्याम्पस प्रमुखद्वय पदमलाल भारती र केदारनाथ बराल, आर एम सी संयाेजक डा. कपिलदेव सुवेदी, प्रशासकीय अधिकृत जगनाथ ढकाल लगायतका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।