Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

विकास वार्ता कार्यक्रम सम्पन्न

News & Events Image

Published by: admin

2023-12-22

आदिकवि भानुभनुभक्त क्याम्पसमा विकास वार्ता कार्यक्रम सम्पन्न भएको छ । वार्तामा विज्ञको रुपमा राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष डा. जगदिश चन्द्र पोख्रेल र गण्डकि प्रदेशका निति तथा योजना आयोगका पुर्व उपाध्यक्ष डा.रघुराज काफ्लेको सहभागिता रहेको थियो वार्ता विविए कार्यक्रममा अध्ययनरत विद्यार्थिहरुको र विज्ञका विच क्याम्पस सभाकक्षमा आयोजना गरिएको थियो । वार्तामा विद्यार्थिहरुले समग्र मुलुक र जिल्लाको विकासको नीति, योजना र वजेटको अवस्था, चुनौति र सम्भावनाका वारेमा विज्ञहरुलाइ प्रश्न गरेका थिए ।
वार्ता कार्यक्रममा रोजगारिको कमि, विद्यार्थीको विदेश पलायन, युद्धभुमिमा संकटमा रहेका युवाहरु, राजनीतिक नेतृत्वको असफलता लगायतका विषयममा पनि खुलेर छलफल भएका थिए । दुवै जना विज्ञहरुले देशमा रहेका विकासका सम्भावनाका वारेमा वोल्दै युवा विद्यार्थीहरुलाइ अध्यन, सिप आर्जन र अनुुसन्धानलाइ महत्व दिन सुझाउनु भएको थियो ।
वार्ता कार्यक्रमको शुरुमा सञ्चालक समितिका अध्यक्ष वुद्धिमान श्रेष्ठ र विविए क्लवका अध्यक्ष अमृता रानाभाटले विज्ञहरुलाइ कार्यक्रममा स्वागत गर्नु भएको थियो । वार्ता कार्यक्रमको सहजिकरण क्याम्पस प्रमुख महाप्रसाद हडखलेले गर्नु भएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेल, आन्तरिक गुणस्तर समिति प्रमुख विश्वेश्वर तिमल्सेना, विविए प्रमुख दिपा थापा र सहायक प्राध्यापक विष्णु हडखले लगायतको उपास्थिति रहेको थियो ।