Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

जलवायु परिर्वतन सम्बन्धी तालिम समापन

News & Events Image

Published by: admin

2023-08-10

तनहँुको व्यास नगरपालिका वडा नं १ स्थित रहेको आदीकवि भानुभक्त क्याम्पसमा नेपाल युवा रेडक्रस सर्कलको आयोजनामा मिति २०८० साल श्रावण १९ गते सञ्चालन भएको जलवायु परिर्वतन सम्बन्धी तालिम आज एक समारोहका बीच समापन गरिएको छ । तालिमको समापन कार्याक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य एवं तनहुँ रेडक्रसका सभापति प्राडा कृष्ण प्रसाद गौतमज्युले जलबायू परिवर्तनले ल्याएको जटिलता लाई सबैले मनन गर्ने जनस्तरमा सचेतना बृद्धि गर्नु अनिवार्य रहेको बताए । उनले युवाहरुले नै समाजमा सकरात्मक सन्देश फैलाउन मद्धत पुयाउने समेत बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठज्युले जलबायु परिर्वनका पृथ्वीवासीका लागि निकै पेचिलो सम्मस्या रहेको र यसका न्युनिकरणका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्ने बताए । यसै गरि क्याम्पस प्रमुख महाप्रसाद हड्खलेज्युलृे तालिममा सिकेका विषयबस्तुलाई आफ्नो क्षेत्रमा गई सिकाउन अनुरोध गरेका थिए । नेपाल रेडक्रस सोसाईटिका गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलज्युलृ जलवायु परिर्वतनले देखिएका रेडक्रसले युवाहरुलाई तालिम प्रदान गदै सचेतना फैलाएको बताए । सर्कलकी अध्यक्ष सुनिता तिवारीको सभापतित्वमा सम्पन्न उक्त उ समारोहमा तनहूँ रेडक्रसका उपाध्यक्ष नारायणी अधिकारी, मन्त्री सुर्य चन्द्र हड्खले, सहायक क्याम्पस प्रमुख डा रामकुमार अधिकारी र सागर पौडेल, आईक्यूएसि संयोजक विश्वेश्वर तिमल्सेना, लगायतको उपस्थिति रहेको थियो । जलवायु परिवर्तनका चुनौति विषयमा केन्द्रित रहने सो गोष्ठीमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्दै आएका ब्यास नगर भित्रका १४ क्याम्पस र विद्यालयका यूवा र जुनियर रेडक्रस सर्कलहरुका ३४ जना प्रतिनिधि विद्यार्थीहरु को सहभागीता रहेको थियो । कार्यक्रमको स्वागत सर्कलका उपाध्यक्ष सुमन खड्काले गर्नुभएको थिए भने सञ्चालन सचिव सविन लामिछानेज्युले गर्नुभएको थियो ।