Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

बिद्यार्थीका लागी बिद्यार्थी !  छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

News & Events Image

Published by: admin

2024-01-03

बिद्यार्थीका लागी बिद्यार्थी !  आदिकवि भानुभक्त क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर विद्यार्थी संघ, क्याम्पस इकाईले क्याम्पसमा अध्ययनरत २ जना आर्थिक रूपमा कठिन अवास्थामा रहेका बिद्यार्थीहरुलाई ६ महिना बराबरको १६ हजार २ सय रकम छात्रबृत्ति प्रदान गरेको छ । ऋषिङ गा.पा. वडा नं. ७ निवासी कक्षा ११ मा गणित बिषय समूहमा अध्ययनरत विद्यार्थी संझना आले ७ हजार २ सय र  म्याग्दे गा. पा. वडा नं. १ निवासी, स्नातक तह प्रथम वर्ष विएड अंग्रेजी समूहको विधार्थी विमला बाचे मगरले  रु. ९ हजार रकम छात्रवृत्ति प्राप्त गरेका छन्। । विहिवार विहान क्याम्पस सभाकक्षमा आयोजित एक समारोहमा प्रमुख अतिथि नेपाल मगर संघ गण्डकी प्रदेश संयोजक एवं केन्दिय सदस्य बुद्ध गर्जा मगर र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले छात्रवृत्ति रकमको बैंक चेक हस्तान्तरण गर्नु भएको थियो । छात्रवृत्ति वितरण कार्यक्रम इकाइका अध्यक्ष निलिमा थापा मगरको अध्यक्षतामा भएको थियो। ईकाई सह-सचिव उषा आले मगरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसको आन्तरिक गुणस्तर मूल्याङ्कन समितिका प्रमुख विशेश्वर तिमल्सेना, बिबिए कार्यक्रमका निर्देशक दिपा थापा मगर, स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष अनुप आले मगर लगायत संघको जिल्ला तथा इकाइका पदाधिकारी, सदस्य र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूले गत तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट छात्रवृत्ति वितरण गरेका थिए ।