Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

प्राज्ञिक समितिको बैठक महत्वपूर्ण निर्णयहरु

News & Events Image

Published by: admin

2024-05-14

आज २०८१.१.१ गते दिउसो ४ बजे शुरू भई ५ बजे सम्पन्न भएको छ । प्राज्ञिक समितिको बैठक क्याम्पस प्रमुखको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले निम्न महत्वपूर्ण निर्णयहरु गरेको छ  छ।  १. नेपाली विभागद्वार स्नातक तहका विद्यार्थीहरूकार्यालय प्रयोजनको लागि लेखिने कागजात लेखन सीप विकास  गर्ने उद्देश्यले बैठकमा प्रस्तावित लेखापढि सम्बन्धि पूरक पाठ्यक्रम स्वीकृत गर्ने ।  २. शोधपत्र मुल्यांकन, जर्नलमा प्रकाशन गरिने अनुसन्धान लेखहरुको पियर रिभ्यू, स्नातक तहको विषयगत प्रक्टिकम प्रतिवेदनको वाह्य मुल्यांकन समेतको परिश्रमिक पुनरावलोकन गर्ने   २.क्याम्पसको ब्रिफिङ ३ स्थित मितेरी गाउँ दुबुङमा २०८०.९ र १० गते स्वावलम्बन समूहहरूको संस्थागत विकास, वित्तीय साक्षरता, सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ज्ञानको सबलीकरण, होमस्टेको वेबसाइट निर्माण तथा प्रकाशन, स्थानीय सङ्घ संस्थाहरूको लेखा प्रणाली सुधार र निम्न आय भएका आधारभूत तह अध्ययन गर्ने विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने । ३. क्याम्पसमा अध्यापन हुने स्नातक र स्नातकोत्तर तहको विभिन्न कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सिफारिस गरिएका पाठ्यपुस्तकको गुणस्तर सम्बन्धमा अध्ययन गरी यस शैक्षिक वर्षमा सिफारिस गर्नुपर्ने पाठ्यपुस्तक र सम्बन्धित प्रकाशन गृह प्रकाशनगृह का बारेमा अध्ययन गरी १५ दिन भित्र सिफारिस गर्न सहायक क्याम्पस प्रमुख डाक्टर रामकुमार अधिकारीको अध्यक्षतामा सहायक क्याम्पस प्रमुख सागर पौडेल र गुणस्तर सुनिश्चिततासमितिका संयोजक विश्वेश्वर तिमिल्सिना सदस्य रहेको एक पाठ्यपुस्तक सिफारिस समिति गठन गरिएको छ।  ४. बैठकले व्यवस्थापन विभागबाट सिफारिस भई आयोग बमोजिम आगामी २०८० जेठ ११ र १२ गते क्याम्पसले पेडागोजी अफ बिजनेस इकोनोमिक्स एन्ड प्यानल डाटा एनालाइसिस युजिङ स्टाटा विषय राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय गरेको छ।  ५. क्याम्पसमा स्नातकोत्तर तहमा एमबिएस एमए र एमए को शोधपत्रको प्रस्ताव एवं शोधपत्र लेखन गुणस्तर कायम गर्न शोधपत्र सम्बन्धी अभिमुखीकरण र मूल्याङ्कन प्रक्रिया र पारिश्रमिकलाई स्पष्ट र पारदर्शी बनाउने प्राज्ञिक समितिको आगामी बैठकमा बृहत छलफल कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ ।  ६. क्याम्पसको बाह्य परीक्षामा सहभागी हुने प्राध्यापक एवं कर्मचारीले परीक्षामा सहभागी भएको दिन परिक्षामा खर्चे वरावरको समय परिक्षा अवधि सकिए पश्चात आफ्नो शाखामा उपस्थित रहेर कार्य गर्नुपर्ने समेत निर्णय भएको छ।