Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

विद्यार्थीहरूसँग उद्यमशीलताको विकास सम्बन्धमा

News & Events Image

Published by: admin

2024-06-25

आज बिबिए सातौं सेमेस्टरको विद्यार्थीहरूसँग उद्यमशीलताको विकास सम्बन्धमा प्राध्यापक र विद्यार्थी बीच एक अन्तरक्रिया कार्यक्रम कार्यक्रममा क्याम्पस बैठक कक्षमा सम्पन्न भएको छ । उक्त अन्तरक्रिया बिबिए क्लाउडका अध्यक्ष अमृता रानाभाटको संयोजकत्वमा भएको थियो । छलफलमा बिविए कार्यक्रम क्याम्पस प्रमुख महाप्रसाद हड्खले, बीबीए कार्यक्रम निर्देशक दिपा थापा, आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रमुख विश्वेश्वर तिमल्सेना र प्राध्यापकहरू जनक काफ्ले, चिजकुमार श्रेष्ठ, बुद्धकुमार श्रेष्ठ र सातौं सेमेस्टरका विद्यार्थीहरूको उपस्थितिरहेको थियो । छलफल आगामी असार १५ र १६ गते विविए सातौँ सेमेस्टरका विद्यार्थीहरूका लागि क्याम्पसमा उद्यमशीलता विकास सम्बन्धी गोष्ठीको आयोजनामा केन्द्रित रहेको थियो।