Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

आदिकवि भानुभक्त क्याम्पसमा अन्तरक्रिया एवं फेलोसिप कार्यक्रम

News & Events Image

Published by: admin

2023-12-29

आदिकवि भानुभक्त क्याम्पसमा अन्तरक्रिया एवं फेलोसिप कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको क्याम्पसमा स्नातक तहमा बिबिए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको साझा संस्था बिबिए क्लाउड ले आयोजनामा गरेको थियो । कार्यक्रम क्लाउडका अध्यक्ष अमृता रानाभाटको अध्यक्षतामा भएको थियो। कार्यक्रममा क्याम्पसका पूर्व विद्यार्थी एवं व्यवसायी सुबोध वाग्लेले उद्यमशिलता र व्यावसायिक जीवनका अनुभवहरू व्यक्त गर्नुभएको थियो। विद्यार्थीहरूले व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुरा, व्यवसायमा पुँजी र जनशक्तिको व्यवस्थापन र उत्पादनको बजारीकरणका बारेमा वाग्लेसँग अन्तरक्रिया गरेका थिए। सो अवसरमा युवा अभियन्ता एवं क्याम्पस सञ्चालक समितिका सदस्य अपार पौडेलले विविएमा अध्ययन र उद्यमशीलतालाई विद्यार्थीहरूले संगसँगै कसरी लैजान सकिन्छ भन्ने उपायहरु सुझाउनु भएको थियो । क्याम्पस प्रमुख महाप्रसाद हड्खले, बिबिए कार्यक्रमका निर्देशक दीपा थापा, उपप्राध्यापक जनक काफ्ले, स्वतन्त्र विद्यार्थी युनियनका सचिव अनुप आले लगायतले अन्तरक्रियामा मन्तव्य राख्नुभएको  थियो। कार्यक्रममा क्लाउडका सचिव एवं स्वतन्त्र विद्यार्थी युनियनका सदस्य सुस्मिता श्रेष्ठले स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन बीबीए तेस्रो सेमेस्टरका विद्यार्थी मोहम्मद नवादुल्ला र प्रसुना अधिकारीले गरेका थिए। सो अवसरमा बिबिए प्रथम सेमेस्टरमा नबागन्तुक विद्यार्थीहरूलाई उनिहरुको नाम अङ्कित नेमप्लेट ब्याज, खादा र फूलका गुच्छा प्रदान गरेर स्वागत गरिएको थियो । सो अन्तरक्रियामा सहायक क्याम्पस प्रमुखहरु द्वय डा. रामकुमार अधिकारी, सागर पौडेल आन्तरिक गुणस्तर समितिका प्रमुख विश्वेश्वर तिमल्सिना, मानविकी तथा समाजशास्त्र विभागका प्रमुख बिमल गिरी, विआइसिटिई कार्यक्रमका प्रमुख ई. घनबहादुर थापा, आदिकवि भानुभक्त माध्यमिक विद्यालयका प्राधानाध्यापक चिरञ्जीवी बस्नेत, बीबीए कार्यक्रममा अध्यापन गर्ने प्राध्यापक, कर्मचारी र बिबिएका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बिबिएमा अध्ययनरत विभिन्न सेमेस्टरका विद्यार्थीहरुले एकल तथा समूहगत नृत्य र गायन प्रस्तुत गरेका थिए।