Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन

News & Events Image

Published by: admin

2024-08-28

मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज एक भब्य कार्यक्रम गरि समापन भएको छ । कार्यक्रम आदिवासी जनजाति आयोग, काठमाडौका अध्यक्ष माननीय राम बहादुर थापामगर ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । हरेक मातृभाषा भित्र मौलिक ज्ञान हु्न्छ । लगभग ८५% खाद्द उत्पादन आदिवासी जनजातिहरुको ज्ञान र सिपमा आधारित भएको हुदा हरेक भातृभाषा र सस्कृतीहरू जिबित रहे मात्र देश समुन्नत र समृद्ध हुने कुरा बताउनु भयो ।सबै आदिवासी जनजातीहरुले नेपाली भाषा नबुझ्ने हुदा र हरेक कार्यालयमा दोभासे राख्न ILO 169 मा समेत उल्लेख भएको हुदा यो खालको सबैधानिक अधिकारलाई स्थानीय तहले कार्यान्वयन गर्नु पर्ने कुरामा जोड गर्नु भयो । सबै मातृभाषाा राज्यको सम्पती भएको तर संरक्षण गर्ने दायित्व हामी सबैको हो भन्दै नया पुस्तालाई बिदेशी भाषा बोल्दा खुसी हुने र आफ्नो भाषा बोल्दा लज्जा मान्न नहुने समेत सुझाउनु भएको थियो । भाषा दशकको संघारमा TU ले यस्तो खालको कार्यक्रम गरेर एउटा इट्टा थप्ने काम गर्नु भएकोमा खुसी ब्यक्त गर्दै मगर समुदाय , होम स्टे लगायत बाट पनि मगर ढुट बिदेशी पाहुनाहरुलाई सिकाउन सकिने आदिवासी जनजाति महासङ्घ ,तनहुँका पुर्ब अध्यक्ष हरि सिङ्ग गुरुङ्ले बताउनु भएको थियो ।स्थानीय तहमा मगर ढुटमा आधारभुत तह सम्म औपचारिक शिक्षा गराउन पहल गर्ने र आदिवासी जनजातिको शिर्षकमा आएको १५% बजेट भाषा र सस्कृति जगेर्नामा खर्च गर्नु पर्ने कुरा नेपाल मगर संघ केन्द्रिय समिती निर्वाचन संयोजक सिद्धान्त गर्जामगरले बताउनु भएको थियो । सम्पन्न समारोहमा मगर अग्रज याम ब आले,सस्थापक मेयर तारालाल श्रेष्ठ , भानुभक्त क्याम्पस समितीका अध्यक्ष बुद्दिमान श्रेष्ठ , क्याम्पस प्रमुख महाप्रसाद हड्खले ,कार्यक्रम समयोजक तिल ब थापामगर, बिनिता थापा, मान ब थापा लगायतले बोल्नु भएको थियो ।