Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

नेपाल युवा रेडक्रस सर्कलले आफ्नो १० औ अधिवेशन तथा साधरण सभा

News & Events Image

Published by: admin

2023-12-12

तनहुँ व्यास नगरपालिका स्थित विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गठित नेपाल युवा रेडक्रस सर्कलले आफ्नो १० औ अधिवेशन तथा साधरण सभा आज क्याम्पस सभा हलमा सर्कलका अध्यक्ष सुनिता तिवारीको अध्यक्षता सपन्न गरेको छ । उक्त साधरण सभाले युवा रेडक्रस सर्कलको क्याम्पस ईकाइ बर्ष २०८०।८१ को लागि सुमन खड्काको अध्यक्षता ११ जनाको कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश महासचिव रामदक्त पौडेल, नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखा उपसभापति नारयणी अधिकारी, नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले एवं स्ववियु अध्यक्ष गौरव पन्थज्युहरुले आफ्नो शुभकामना महत्यव व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी तनहु जिल्ला जुनियर युवा संयोजक विमल गिरी, क्याम्पस संचालक समितिका सदस्यज्युहरु मोहन गिरि, सिर्जना तिवारी, सहायक क्याम्पस प्रमुख डा। राम कुमार अधिकारी, सागर पौडेल, पूर्व अध्यक्ष विश्वशेर तिमलसेना, शान्ता बास्तोला, शिक्षक नायक विमल खत्री विभागिय प्रमुखज्युहरु व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरे, शिक्षा गजेन्द्र पौडेल, अंग्रेजी बसन्त कडेल, नेपाली विभाग प्रतिनिधि शुसिल वाग्ले, विज्ञान राजन घिमिरे, निर्वाचन प्रवन्ध समिति संयोजक विष्णु हड्खले, प्राध्यपकतथा कर्मचारीज्युहरु, स्ववियु पदाधिकारी सदस्य, क्लबका अध्यक्ष, पदाधिकारी एवम् सदस्यज्युहरु एव साधरण सभा सदस्य विद्यार्थीज्युहरुको उपस्थिति रहेको थियोे । गण्डकी प्रदेशकै उत्कृष्ट शैक्षिक धरोहर यस आदिकवि भानुभक्त क्याम्पसमा गठित युवा रेडक्रस सर्कलको १० औ अधिवेशनबाट तथा साधरण सभाबाट उपाध्यक्ष पुष्पा पण्डित, सचिवमा मैसमी थापा, कोषाध्यक्षमा रोशन ओझा, सहसचिवमा सरिता कार्की, उपकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । यसै गरि सदस्यमा शितल बिक, सुनिता पन्थ, शुशिला लम्साल, अस्मिता पौडेल एवं प्रियङ्का सुनार चयन भएका छन् । समारोहमा सर्कलका अध्यक्ष सुनिता तिवारीज्युबाट आ.व. ०७९।८० को सर्कलको आर्थिक तथा प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्नभएको थियो । उक्त कार्यक्रमको सञ्चालन सचिव सविन लामिछानेले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष सुमन खड्काले गर्नुभएको थियो ।