Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

अतिरिक्त क्रियाकलाप समितिको बैठक

News & Events Image

Published by: admin

2024-02-02

आदिकवि भानुभक्त क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको बैठक शुक्रबार साँझ सम्पन्न भएको छ।समितिका संयोजक सहायक प्राध्यापक तिलबहादुर थापाको अध्यक्षतामा भएको उक्त बैठकले आगामी फागुनको पहिलो सप्ताह क्याम्पसमा आयोजना हुने खेलकुद सप्ताह - २०८० मा प्रतिस्पर्धा गरिने खेलहरू छनौट गरेको छ। त्यसैगरी उक्त बैठकले छनोट भएका खेलहरूको  आयोजनाका लागि उपसमिति गठन गठन गर्ने निर्णय गरेको छ। आजको समितिको बैठकको निर्णय अनुसार सर्टम्याराथन खेलको लागि अनुराग थापालाई संयोजक तोकिएको छ। त्यसैगरी फुटबलको संयोजकमा सहायक प्राध्यापक बिमल खत्री, भलिबलको संयोजकमा सहायक प्राध्यापक बुद्ध कुमार श्रेष्ठ ब्याडमिन्टन को संयोजकमा उपप्राध्यापक विष्णुकुमार यादव, टेबल टेनिसको संयोजकमा उप प्राध्यापक सागर न्यौपाने, कबड्डीको संयोजकमा प्रकाश गैह्रे, डोरी तान्ने खेलको संयोजकमा प्राध्यापक रूपक श्रेष्ठ, २ सय मिटर दौडको संयोजकमा सहायक प्राध्यापक चिज कुमार श्रेष्ठ, छेलो खेलको संयोजकमा सहायक प्राध्यापक गोपाल ढुङ्गाना , हाइजम्पको संयोजकमा सहायक प्राध्यापक रमेश गिरी, लङजम्पको संयोजकमा सहायक प्राध्यापक विष्णु हड्खले, घैटो फुटाई खेलको संयोजकमा सहायक प्राध्यापक नारायणी देवी अधिकारी र भलिबलको खेलको संयोजकमा सहायक प्राध्यापक तीर्थ रानाभाटलाई तोक्ने निर्णय भएको छ । बैठकमा क्याम्पस प्रमुख महाप्रसाद हड्‌खले सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो।