Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

शिक्षण अभ्यास

News & Events Image

Published by: admin

2024-01-26

आदिकवि भानुभक्त क्याम्पस, शिक्षण अभ्यास समितिकाे आयोजनामा स्नातक तह चाैथाे वर्षअध्ययनरत विद्यार्थीहरूका लागि अभ्यास शिक्षणमा ध्यान दिनुपर्ने विषयहरूका बारेमा  अभिमुखिकरण कार्यक्रम शुक्रवार बिहान क्याम्पसमा सम्पन्न भएको छ। सो कार्यक्रम शिक्षण अभ्यास समितिका संयोजक लालप्रसाद भट्टराईको अध्यक्षतामा भएको थियो। उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले र डा. कुमार अधिकारीले शिक्षण अभ्यासमा जाने विद्यार्थीहरूले तोकिएको विद्यालयमा गएर शिक्षण अभ्यास गर्दा ध्यान दिनुपर्ने विषयहरूको बारेमा बोल्नुभएको थियो । उक्त कार्यक्रममा १२४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूमाघको १४ गतेबाट २९ गतेसम्म तोकिएको विद्यालयमा विद्यालय शिक्षण मा जाँदैछन्। क्याम्पसले ती विद्यालयहरूलाई पत्राचार गरी शिक्षण अभ्यास कार्यमा सहयोग गर्न अनुरोध गरेको छ। विद्यार्थीहरूले शिक्षण अभ्यासमा जानु पूर्व पाठ योजनाहरूको तयारी गरेका छन् भने सूक्ष्म शिक्षण र सहपाठी मूल्याङ्कन पनि गरिसकेका छन्।सम्बन्धित विद्यालयमा १५ दिनसम्म कम्तीमा १५ वटा कक्षा शिक्षण गर्नेछन्। उनीहरुले आफुले शिक्षण अभ्यास गरेको विद्यालयको शैक्षिक, भौतिक र प्रशासनिक तथ्याङ्कहरू समेटिएको एक विद्यालय प्रतिवेदन तयार गर्नेछन्। त्यसैगरी उनीहरूले सो अवधिमा आफूले शिक्षण गर्ने विद्यालयमा प्रश्नपत्र तयारी, क्यालेन्डर निर्माण र अतिरिक्त शैक्षिक क्रियाकलापको आयोजना जस्ता कार्यहरु गर्नेछन् । उनिहरुको क्याम्पसको सम्बन्धित विषय शिक्षक बाट आन्तरिक र त्रिभुवन विश्वविद्यालय बाट तोकिएको  सुपरिवेक्षकबाट बाह्य मूल्यांकन  हुनेछ।