Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

गणतन्त्र दिवस २०८१ को अवसरमा क्याम्पस वृक्षारोपण कार्यक्रम

News & Events Image

Published by: admin

2024-05-30

गणतन्त्र दिवस २०८१ को अवसरमा आदिकवि  भानुभक्त क्याम्पस वृक्षारोपण कार्यक्रम बुधबार क्याम्पसमा सम्पन्न भएको छ। गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा भएको वृक्षारोपण सत्रमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम पूर्वमन्त्री बिक क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष तारा प्रसाद श्रेष्ठ, डिभिजन बन कार्यालय तनहुँका प्रमुख अशोक कुमार श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाली सेनाका सेनानी काली भञ्जन गणका निमित्त गणपति कुसुम पहाडी, उद्योग वाणिज्य सङ्घ तनहुँका अध्यक्ष बैकुण्ठनाथ मिश्र, क्याम्पस प्रमुख महाप्रसाद हडखले, क्याम्पस सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरू, आदिवि भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गाना र विद्यालयका प्रअ चिरञ्जीवी बस्नेत लगायत विद्यालय परिवार, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापक कर्मचारी, स्थित सरकारी तथा गैरसरकारी कार्यालय, सुरक्षा निकाय, टोल विकास संस्था एवं आमा समूहका प्रमुख एवं, विद्यार्थी र अभिभावकहरुको उक्त अवसरमा उपस्थिति रहेको थियो। जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले क्याम्पस परिसरमा रहेको वनस्पति उद्यानमा पिपलको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उपस्थित सम्पूर्णलाई डिभिजन वन कार्यालयका प्रमुख अशोक कुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो। सो अवसरमा डिभिजन वन कार्यालयबाट उपलब्ध गराइएको पिपल रानीबेल कटहर चाप तेजपत्ता धुपी हर्रो तथा बर्रो लगायतका बिरुवाहरू रोपिएका थिए। क्याम्पसको सहिद चन्द्र नेपाली छात्रावास परिसरमा पनि वृक्षारोपण गरिएको थियो। वृक्षारोपण पश्चात् चियापान गरी कार्यक्रमको समापन गरिएको थियो।