Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

राष्ट्रिय पत्रिका, प्रादेशिक खबर दैनिकको ६ वर्ष यताको प्रिन्टेड अभिलेख

News & Events Image

Published by: admin

2024-07-15

राष्ट्रिय पत्रिका, प्रादेशिक खबर दैनिकको ६ वर्ष यताको प्रिन्टेड अभिलेख आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयका पठन सामग्री बनेका छन् ।
क्याम्पस तथा समुदायका उच्च शिक्षामा समाजशास्त्र शिक्षाशास्त्र र पत्रकारिता लगायतका विषयहरूमा स्नातक र स्नातकोत्तर तहमा शोध तथा अनुसन्धान गर्ने विद्यार्थी एवं अनुसन्धानकर्ताहरूका लागि उक्त संगालोका ठेलीहरू अध्ययन एवं शोध सन्दर्भ सामग्रीका रूपमा उपलब्ध हुनेछन् ।
प्रादेशिक खबर दैनिक तनहुँको सदरमुकाम दमौलीबाट नियमित प्रकाशन हुने राष्ट्रिय पत्रिका हो । उक्त दैनिकको २०७३ देखि २०७८ सालसम्मको पत्रिकाको पुस्तकाकार ६ थान संगालो क्याम्पसलाई आज २०८१.३.३० गते दिउसो हस्तान्तरण गरिएको थियो । उक्त पत्रिकाका प्रकाशक एवं समाजसेवी चुणामणी दाहाल र प्रधान सम्पादक मदन वाग्लेले क्याम्पस प्रमुखलाई सो ठेलीहरु हस्तान्तरण गर्नुभएको थियो।