Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

अनलाइन माध्यमबाट क्याम्पसको मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम

News & Events Image

Published by: admin

2024-05-20

आदिकवि भानुभक्त क्याम्पस आदिवासी जनजाति भाषा एवं संस्कृति सम्बर्धन तथा विकास समितिका संयोजक क्याप्टेन सोमबहादुर थापाको अध्यक्षतामा आज साँझ अनलाइन माध्यमबाट क्याम्पसको मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पुरक पाठ्यक्रममाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त छलफल कार्यक्रममा मगर भाषाका विद्वान डा. विष्णुकुमार सिन्जाली र मगर भाषाका विद्वान लेखक नारायण तारुङले क्याम्पसले प्रस्ताव गरेको पूरक पाठ्यक्रममाथि सुझाव राख्नुभएको थियो। अन्तरक्रियामा सुझाव राख्दै मगर भाषा विज्ञ डा. विष्णुकुमार सिन्जालीले क्याम्पसले सुरु गर्न लागेको मगर भाषाको पूरक पाठ्यक्रम शिक्षण कार्यक्रमले मगर भाषा प्रेमी र उक्त भाषाको संरक्षण र सम्बर्धनमा लागिपर्ने भाषाकर्मीहरूलाई उत्साही बनाएको बताउनुभएको थियो । मगर भाषाको संरक्षणको लागि प्रशिक्षक उत्पादन गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि प्रभावकारी पाठ्यक्रम निर्माण र त्यसको सफल कार्यान्वयनले महत्व राख्ने बताउनुभएको थियो।
सो अवसरमा बोल्दै मगर भाषाका साहित्यकार नारायण तारुङले मगर भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सफल रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा आदिकवि भानुभक्त क्याम्पस मगरभाषी लगायत सम्पूर्ण आदिवासी जनजाति जनसमुदायहरूको माझ केन्द्रीय क्याम्पसको रुपमा उदय हुने बताउनुभएको थियो।
सो अवसरमा क्याम्पसको मगर भाषा प्रशिक्षक प्रशिक्षण पूरक पाठ्यक्रम निर्माण समितिका संयोजक एवं मगर भाषाका विज्ञ इन्द्रबहादुर आलेले क्याम्पसले प्रस्ताव गरेको पाठ्यक्रम छलफलका लागि सो अन्तरक्रिया कार्यक्रममा पेश गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूलाई क्याम्पस प्रमुख महाप्रसाद हडखलेले स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक धनबहादुर थापाले गर्नुभएको थियो। कार्यक्रममा १५ जना मगर भाषाका ज्ञाताहरूको सहभागिता रहेको थियो।