Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

दुई दिने एम एड चौथो सेमेस्टरको समसामयिक मुद्दाहरू

News & Events Image

Published by: admin

2024-02-02

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिनको कार्यालयको आयोजना तथा आदिकवि भानुभक्त क्याम्पसको सहआयोजनामा आदिकवि भानुभक्त क्याम्पसमा दुई दिने एम एड चौथो सेमेस्टरको समसामयिक मुद्दाहरू विषयक पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रम शुक्रबारदेखि आदिकवि भानुभक्त क्याम्पसमा सुरु भएको छ। उक्त कार्यक्रमको त्रिभुवन विश्वविद्यालयका डिन प्रा. डा. चित्रबहादुर बुढाथोकीले पानसमा दियो बालेर उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रमा बोल्दै डिन बुढाथोकीले नेपालको उच्च शिक्षामा समग्र सुधारका लागि स्नातकोत्तर तहको शिक्षाशास्त्र तर्फको अध्ययन अध्यापनको गुणस्तरमा सुधार ल्याउन पनि अति जरुरी भएको र पाठ्यक्रमलाई समसामयिक बनाउँदै यसको शिक्षण विधिलाई प्रभावकारी बनाएर योग्य जनशक्ति उत्पादन गर्नमा हामी आजैदेखि  लाग्नुको विकल्प नभएको बताउनुभएको थियो। उद्घाटन सत्रको अध्यक्षता आदिकवि भानुभक्त क्याम्पसका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले गर्नुभएको थियो। अध्यक्ष श्रेष्ठले कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरूलाई आधार र फूलका गुच्छा प्रदान गरेर क्याम्पसमा स्वागत गर्नुभएको थियो। सो अवसरमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले कार्यक्रमका अतिथि, विषयविज्ञ र सहभागी प्राध्यापकहरुलाई स्वागत क्याम्पसको चिनारी राख्नुभएको थियो। उक्त अवसरमा कार्यक्रमको औचित्यमाथि शिक्षाशास्त्र संकाय, शिक्षाको आधार विषयका विषय समितिका अध्यक्ष प्रा.डा. जनार्दन घिमिरेले प्रकाश पार्नुभएको थियो। आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर रामकुमार अधिकारीले उक्त उद्घाटन कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। सो अवसरमा आदिकवि भानुभक्त माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गाना, क्याम्पसका सहायक क्याम्पस प्रमुख सागर पौडेल, बालकुमारी क्याम्पसका सहायक क्याम्पस प्रमुख अनन्त ढुङ्गाना, आज केही भानुभूति क्याम्पसका शिक्षाशास्त्र संकायक विभागका प्रमुख गजेन्द्र पौडेल र नेपाली विभागका प्रमुख डा. सुशील प्रसाद वाग्ले लगायत प्राध्यापक कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। पहिले दिनको कार्यक्रममा प्रा.डा. जनार्दन घिमिरे र सह-प्रा.डा. रविन्द्र शिवाकोटीले प्रशिक्षण दिनुभएको थियो। प्रबोधिकरण कार्यक्रम माघ १९ र २० गते गरि दुई दिन सञ्चालन हुनेछ। उक्त कार्यक्रममा गण्डकी, बागमती  र लुम्बिनीका गरी २२ वटा एक एड सञ्चालन गर्दै आइरहेका क्याम्पसहरुका समसामयिक मुद्दाहरू विषयक अध्यापन गर्ने ३० जना प्राध्यापकहरूको सहभागिता रहेको छ।