Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

मगर भाषा प्रशिक्षक प्रशिक्षण सम्बन्धी अभिमुखीकरण

News & Events Image

Published by: admin

2024-05-15

मगर भाषा प्रशिक्षक प्रशिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार दिउँसो आदिकवि भानुभक्त क्याम्पसमा सम्पन्न भएको छ। उक्त कार्यक्रम जनजाति भाषा तथा संस्कृति सम्बर्धन एवं विकास समिति आदिकवि भानुभक्त क्याम्पसका संयोजक एवं क्याम्पस सञ्चालक समितिका सदस्य क्याप्टेन सोमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।   उक्त कार्यक्रमका प्रमुख अतिथि पृथ्वी नारायण क्याम्पसका पूर्व प्राध्यापक लोकबहादुर थापा हुनुहुन्थ्यो। प्राध्यापक थापाले सो अवसरमामा बोल्दै दशकौंदेखि मगर भाषाको अध्ययन अनुसन्धानमा संलग्न बाध्यता प्राध्यापक लोकबहादुर थापाले नेपाल विभिन्न जातजाति तथा भाषीहरूको संगम भूमि भएको र देशको अमूल्य निधिको रुपमा भौतिक र अभौतिक संस्कृतिहरू नेपालमा रहेको एवं यी धरोहरहरूको संरक्षण सम्बर्धन र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताउनुभएको थियो।भाषा र संस्कृतिका धरोहरहरूको संरक्षण सम्बर्धन र प्रवर्द्धन गर्न गर्नु राज्यको दायित्वभित्र परे पनि नेपालमा सरकारी तवरबाट भाषा को संरक्षण सम्बर्धन र प्रवर्धनमा खासै महत्त्वपूर्ण काम हुन नसकेको अवस्थामा आदिकवि भानुभक्त क्याम्पसले आफ्ना स्नातक तहका विद्यार्थीहरूलाई मगर भाषाको प्रशिक्षण गरी व्यापक स्तरमा मगर भाषालाई समुदायमा सिकाउने अभियान सञ्चालन गर्न लागेकोमा धन्यवाद दिनुभएको थियो ।  प्राध्यापक लोकबहादुर थापा मगर आफै मगर भाषाको स्थापित साहित्यकार लेखक हुनुहुन्छ। मगर भाषामा सर्वप्रथम उपन्यास विधामा कलम चलाउने र मगर भाषाको व्याकरण नेपाली भाषामा लेख्ने पहिलो व्याकरणकार पनि प्रा. थापा हुनुहुन्छ। मगर भाषा र साहित्यको उत्थानमा समर्पित भएर लागेका 'मगर भाषा ढुटको क्षेत्रीय भेद', 'मगर भाषा साहित्य मन्तव्य संगालो तथा कृति समीक्षा'  र मगर भाषा: तुलनात्मक विश्लेषण ' लगायतका पुस्तकहरू प्रकाशन गरिसक्नुभएको छ ।   अभिमुखीकरण कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसले सञ्चालन गर्न लागेको पूरक पाठ्यक्रम अन्तर्गतको मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको औचित्य, पाठ्यक्रम कार्यान्वयनको नीति र क्याम्पसको वर्तमान अवस्था र शैक्षिक कार्यक्रमहरूका बारेमा बारेमा अभिमुखीकरण गर्नुभएको थियो ।   सो अवसरमा भाषाविद इन्द्रबहादुर आलेले मगर भाषा प्रशिक्षक प्रशिक्षणको प्रस्तावित पाठ्यक्रमको, उद्देश्य, विषयवस्तु, पाठ्यभार  र  कार्यान्वयनका सम्बन्धमा प्रस्तुतिकरण राख्नुभएको थियो।  सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, जिल्ला विकास समिति तनहुँका पूर्व उपसभापति बलबहादुर आले, नेपाल मगर सङ्घ पूर्व केन्द्रीय उपाध्यक्ष मन्दरी आले, सङ्घका गण्डकी प्रदेश सल्लाहकार माया राना,  गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष मणिराज थापा, पूर्व केन्द्रीय सदस्य नीलबहादुर थापा, सङ्घको तनहुँका निवर्तमान अध्यक्ष एवं मगर भाषा संस्कृतिका विज्ञ यमबहादुर आले, व्यास नगरपालिका- १४ का वडा सदस्य दुर्गाबहादुर आले, रिसिङ्-३ का वडाध्यक्ष भीमबहादुर थापा, नेपाल मगर विद्यार्थी सङ्घका केन्द्रीय सदस्य बुद्ध गर्जा मगर, मगर चलचित्र कर्मी सङ्घ नेपालका महासचिव सुमन थापा,  सङ्घका तनहुँ, जिल्ला उपाध्यक्ष हर्कबहादुर थापा, जनजाति महासङ्घ तनहुँका वरिष्ठ उपाध्यक्ष नन्दु थापा, दरै समाज तनहुँका अध्यक्ष एवं क्याम्पसका आन्तरिक लेखा समितिका संयोजक ठाकुर बहादुर दरै, नेपाल मगर सङ्घ तनहुँका सदस्य लीलबहादुर थापा, संघका व्यास नगर सचिव अमर थापा,  सङ्घका केन्द्रीय सदस्य बेली माया थापा (गीता) थापा, नेपाल महिला संघ केन्द्रीय सदस्य काशी राना मगर, व्यास नगर जेसिसका उपाध्यक्ष दूतबहादुर थापा, जिल्ला कार्यसमिति तनहुँका उपाध्यक्ष अमर थापा मगर, लाङ्गाली मगर समाजका सल्लाहकार बालकृष्ण आले, मगर गुठ समितिका जिल्ला अध्यक्ष तिलबहादुर मर्स्याङ्गी मगर, संघका व्यासनगर अध्यक्ष रिमा आले, शिक्षक यमलाल थापा, लगायतले  कार्यक्रममा प्रस्तुत गरिएको पाठ्यक्रममाथि लिखित एवं मौखिक सुझाव टिप्पणी    कार्यक्रममा उपस्थित सबैलाई क्याम्पसको समाजशास्त्र विषयका सहायक प्राध्यापक एवं अतिरिक्त क्रियाकलाप समितिका संयोजक तिलबहादुर थापाले स्वागत गर्नुभएको थियो। उक्त कार्यक्रमको सहजीकरण समाजशास्त्र विषयका सहायक प्राध्यापक धनबहादुर थापा (अनुरागले) गर्नुभएको थियो।  सो कार्यक्रममा क्याम्पसका बिबिए कार्यक्रमका निर्देशक दीपा थापा मगर, सूचना तथा सञ्चार प्रविधि शिक्षा कार्यक्रमका प्रमुख इ.  घनबहादुर थापा लगायत अभिभावक प्राध्यापक विद्यार्थीहरूको उपस्थिति रहेको थियो।  कार्यक्रमका सबै सहभागीहरूले प्रस्तुत गरिएको मगर भाषा प्रशिक्षक प्रशिक्षण पाठ्यक्रम माथि लिखित एवं मौखिक सुझाव तथा टिप्पणी माथि क्याम्पस प्रमुख, पाठ्यक्रम प्रस्तुतकर्ता इन्द्रबहादुर थापा र कार्यक्रमका सभाध्यक्ष क्याप्टेन सोमबहादुर थापाले उत्तर दिनुभएको थियो।  क्याम्पस सञ्चालक समितिले जनजातिहरूको भाषा संस्कृतिको संरक्षण सम्बर्धन र प्रवर्धन गर्नका लागि क्याप्टेन थापाको संयोजकत्वमा क्याम्पसका विविय कार्यक्रमका निर्देशक दिपा थापा, सूचना सञ्चार तथा प्रविधि शिक्षा कार्यक्रमका प्रमुख ई. घन बहादुर थापा, अतिरिक्त क्रियाकलापको प्रमुख सहायक प्राध्यापक तिलबहादुर थापा र सहायक प्राध्यापक धनबहादुर थापा (अनुराग)  सदस्य रहेको र प्रशासकीय अधिकृत बसन्ती थापा आलेमगर सदस्य सचिव रहेको पाँच सदस्य जनजाति भाषा एवं संस्कृति संरक्षण तथा विकास समिति गठन गरेको छ।  प्रस्तावित पाठ्यक्रममा ९० घण्टामा मगर भाषाको सैद्धान्तिक एवं प्रायोगिक ज्ञान सिकाउने उद्देश्य राखिएको छ ।क् याम्पसले उक्त पाठ्यक्रमलाई पूरक पाठ्यक्रमको रुपमा अध्ययन अध्यापन गराउने व्यवस्था मिलाउने तयारी गरेको छ। पाठ्यक्रम अध्ययनको अवसर क्याम्पसमा अध्ययनरत विद्यार्थी र समुदायका व्यक्तिहरू लाई प्रदान गर्नेछ। उक्त अभिमुखीकरण कार्यक्रममा आएका लिखित एवं मौखिक सुझाव एवं टिप्पणीलाई समेटेर परिमार्जित पाठ्यक्रम तयार गरिनेछ। पाठ्यक्रमको अध्यापन सुरु हुनुभन्दा अगाडि सो परिमार्जित पाठ्यक्रमलाई थप विज्ञहरूका बीचमा छलफल गराई अन्तिम रूप दिइने  छ।