Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

ABC Mathematics Students  Circle को बैठक

News & Events Image

Published by: admin

2024-06-05

आज बिहान क्याम्पसमा गणित विषय लिएर स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरूको साझा संस्था ABC Mathematics Students  Circle को बैठक क्याम्पस प्रमुखको कार्यकक्षमा सम्पन्न भएको छ । सर्कलको आयोजनामा क्याम्पसमा स्नातक तहमा गणित विषय अध्ययन गर्ने  विद्यार्थीको लागी शैक्षिक सामग्री निर्माण प्रशिक्षक प्रशिक्षण कार्यक्रम (ToT on Mathematics Teaching Materials Development) यही २०८१ असार १ गते शनिबारको दिन बिहान ६ बजेदेखि दिनको ५ बजेसम्म क्याम्पसमा आयोजना गर्ने निर्णयका साथ सम्पन्न भएको छ। आजको बैठकमा क्याम्पस प्रमुख, शिक्षाशास्त्र विभागका प्रमुख गजेन्द्र पौडेल, गणितका उपप्राध्यापक विष्णुकुमार यादव, सहायक प्राध्यापकहरू सुरेश खनाल र गोपाल तथा सर्कलको पदाधिकारी सदस्यहरूको  उपस्थिति रहेको थियो।