Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

विद्यार्थीहरूसँगको अन्तरक्रिया कार्यक्रम

News & Events Image

Published by: admin

2024-02-05

आदिकवि भानुभक्त क्याम्पसमा त्रिवि, शिक्षाशास्त्र संकाय अन्तर्गत बीएड तहमा विज्ञान शिक्षा विषय विषय अध्ययन गर्दै गरेका विद्यार्थीहरूसँगको अन्तरक्रिया कार्यक्रम आज बिहान सम्पन्न भएको छ। उक्त अन्तरक्रियामा क्याम्पसको विज्ञान तथा प्रविधि विभागले तयार पारेको नन क्रेडिट कोर्सको बारेमा छलफल भएको थियो। जलवायू परिवर्तन र त्यसले ल्याएका समस्याहरूका र कृषिलाई जलवायु परिवर्तनसँगै कसरी अनुकूलन गर्न सकिन्छ भन्ने बारेमा विद्यार्थीहरुलाई नियमित पाठ्यक्रमका अलावा छुट्टै पाठ्यक्रममा अध्ययन अध्यापन गर्ने अवसर दिन थप सीप र ज्ञानको विकास गर्नको लागि क्याम्पसले फागुन १ गतेबाट पूरक पाठ्यक्रम वा नन क्रेडिट कोर्स सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। फागुनको पहिलो सप्ता क्याम्पसले आयोजना गर्न लागेको विज्ञान ओलम्पियड कार्यक्रमको बारेमा पनि छलफल गरिएको थियो। जलवायु परिवर्तनका कारण त्यसका असर र त्यसका चुनौतीहरूलाई समाधान गर्ने उपायहरू कक्षामा प्रभावकारी प्राध्यापन गर्न थप ज्ञान र सीप सिकाउने उद्देश्यले विज्ञान शैक्षिक सामग्रीको निर्माण र प्रदर्शनी, विज्ञान हिज्जे प्रतियोगिता,   विज्ञान हाजिरी जवाफ प्रतियोगिता, विज्ञान वक्तित्वकला प्रतियोगिता लगायतको विभिन्न खेलकुद र मनोरञ्जनको कार्यक्रमहरू समेटेएर क्याम्पसको विज्ञान तथा प्रविधि विभागले विज्ञा ओलम्पियड कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ। विद्यार्थीहरूसँगको अन्तरक्रियामा कक्षा पठन पाठनमा उनीहरुले भोग्ने गरेका समस्या र  समाधानको बारेमा राय सङ्कलन गरिएको थियो । सो अवसरमा विभागका प्रमुख उपप्राध्यापक राजन घिमिरेको उपस्थिति रहेको थियो।