Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

बि वि ए पाँचौं सेमेस्टरमा , अध्ययन २ दिने अध्ययन भ्रमण

News & Events Image

Published by: admin

2024-08-28

आदिकवि भानुभक्त क्याम्पसमा बि वि ए पाँचौं सेमेस्टरमा अध्ययन अध्यापन गर्ने प्राध्यापक र विद्यार्थी सहभागी रहेको भ्रमण दल २ दिने अध्ययन भ्रमणका लागि दमौलीबाट हेटौडा मकवानपुर तर्फ प्रस्थान गरेका छन्। भ्रमण टोलीले हेटौडा स्थित युनिलिभर कम्पनी, पार्लेजी बिस्कुट उद्योग र नबिल बैंक हेटौँडा शाखाको सञ्चालन र व्यवस्थापनको विस्तृत अध्ययन गर्नेछन्।
भ्रमणको पहिलो दिन १७ गते बिहिवार, भ्रमण दलमा क्याम्पस प्रमुख महाप्रसाद हडखले, उपप्राध्यापक चिजकुमार श्रेष्ठ र विविए पाँचौं सेमेस्टरमा अध्ययनरत २१ जना विद्यार्थी गरी जम्मा २३ जनाको सहभागी रहेका छन्। भ्रमण दलले १७ गते नै हेटौडा स्थित मकवानपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रशासन, बिबिए पाँचौं सेमेस्टरमा अध्ययन अध्यापनरत प्राध्यापक र विद्यार्थीहरूसँग व्यवस्थापन सञ्चालन विषयको अध्ययन अध्यापनको अनुभव र चुनौतीका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेकोछ।
भ्रमण दलले १८ गते चितवन स्थित सप्त गण्डकी बहुमुखी क्याम्पस र वाल कुमारी क्याम्पसमा क्याम्पस प्रशासन, बिबिए पाँचौं सेमेस्टरमा अध्ययन अध्यापनरत प्राध्यापक र विद्यार्थीहरूसँग bba पाँचौं सेमेस्टरमा अध्ययन अध्यापन हुने 'सञ्चालन व्यवस्थापन' विषयको अध्ययन अध्यापनको अनुभव र चुनौतीका बारेमा अन्तरक्रिया गर्ने र वीरेन्द्र बहुमुखी क्याम्पसको अवलोकन गरी दमौली फर्कने कार्यक्रम रहेको छ ।