Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Student Grievances, Counselling & Placement Committee को नियमित बैठक

News & Events Image

Published by: admin

2024-06-06

क्याम्पसको विद्यार्थी गुनासो, परामर्श तथा रोजगार प्रतिस्थापन समिति (Student Grievances, Counselling & Placement Committee) को नियमित बैठक भर्खरै क्याम्पसमा सम्पन्न भएको छ। बैठक समितिका संयोजक सहायक प्राध्यापक बिमल खत्रीको अध्यक्षतामा भएको थियो। बैठकले आगामी २०८० असार ८ गते, शनिबारका दिन बिहान ११ बजे क्याम्पस सभा कक्षमा क्याम्पसका रोजगार/स्वरोजगार प्राप्त विद्यार्थीहरूलाई सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ। यस्तो कार्यक्रम क्याम्पसले हरेक वर्ष गर्दै आइरहेको छ। क्याम्पसमा अध्ययन गरेका वा अध्ययनरत विद्यार्थीहरू जसले वर्ष २०८०/०८१ स्थायी वा अस्थायी रुपमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा रोजगार प्राप्त गरेका वा निजी व्यापार व्यवसाय/ उद्यम दर्ता गरी स्वरोजगार भएका छन् उनीहरूलाई उक्त दिन सम्मान गर्ने बैठकले निर्णय गरेको छ । यस वर्षभन्दा अगाडिका वर्षहरूमा सम्मानमा छुट भएका विद्यार्थीहरूलाई पनि असार ८ गते सम्मान गरिने भएको छ। रोजगार वा स्वरोजगार विद्यार्थीहरूले क्याम्पसमा अनलाइन फारम गर्नुपर्नेछ। सम्मान कार्यक्रममा सहभागीहरूलाई दोसल्ला पहिराइदिएर र प्रमाणपत्र हस्तान्तरण गरेर सम्मान गर्ने कार्यक्रम तय भएको छ। बैठकले उक्त सम्मान कार्यक्रम सम्पन्न गर्नको लागि प्राध्यापक एवं कर्मचारीको कार्यविभाजन समेत गरेको छ।