Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

पेशा विद्यार्थीहरूका लागि परामर्श

News & Events Image

Published by: admin

2024-08-28

आदिकवि भानुभक्त क्याम्पसमा आज २०८१.५.७ गते शुक्रबार बिहान पेशा विद्यार्थीहरूका लागि परामर्श (Career Counselling) कार्यक्रम सम्पन्न भएको छ ।
यस वर्ष २०८१ मा स्नातक तहमा बीबीएस र बिएडका कार्यक्रमहरूमा नयाँ भर्ना हुन चाहने विद्यार्थीहरूका लागि उक्त पेशा परामर्श कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा तनहुँ गोर्खा र लमजुङ जिल्लाका कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि स्नातक तहमा भर्ना हुन चाहने १७५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रम क्याम्पसको सभा कक्षमा सम्पन्न भएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखलेले स्नातक तहमा विविएस र बिएड कार्यक्रममा को पाठ्यक्रम र त्यसको अध्ययनबाट प्राप्त हुने रोजगार अथवा स्वरोजगारका अवसरहरु र ती विषयहरूको अध्ययनबाट भविष्यमा अपनाउन सकिने पेशाका बारेमा सहभागी विद्यार्थीहरूलाई सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा क्याम्पसको विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरे र ईआइएमएस अफिसर अनमोल प्रधान समेतको उपस्थिति रहेको थियो।